नियम २२
खेलाडी कल्याणकारी कोष
(१) ऐनको दफा ५० को उपदफा (१) बमोजिमको खेलाडी कल्याणकारी कोषमा देहायका रकम रहनेछन् :- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) परिषद्बाट प्राप्त रकम, (ग) स्वदेशी सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त रकम, (घ) बिदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त रकम, (ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपनियम (१) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(३) कोषमा रहने रकम प्रचलित बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम स्थापित कुनै वाणिज्य बैङ्कमा खाता/खोली जम्मा गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम बैङ्कमा जम्मा भएको रकममा अधिकतम प्रतिफलको लागि कम्तीमा वर्षको एक पटक वाणिज्य _बैङ्हरु बीचमा प्रतिस्पर्धाको आधारमा छानिएको वाणिज्य बैङ्कमा मुद्दती खाता खोली जम्मा गर्नु पर्नेछ। (५) कोषको खाता सदस्य-सचिव वा निजले तोकेको अधिकृत कर्मचारी र परिषद्को लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।
(६) उपनियम (५) मा जुनसुकै कुरा: लेखिएको भए तापनि सदस्य-सचिव पदमा बहाल नरहेको अवस्थामा परिषद्को प्रशासन विभागको प्रमुख र लेखा प्रमुखको संयुक्त दस्तखतमा कोषको खाता सञ्चालन गर्न सकिनेछ।